कास्कीको अन्नपूर्णमा पहिरोले विद्यालयमा क्षति

अध्यापनका लागि वैकल्पिक स्थान खोज्दै गाउँपालिका

पाेखरा | साउन ४, २०८२

कास्कीको अन्नपूर्णमा पहिरोले विद्यालयमा क्षति फोटो सामाजिक सञ्जाल

पोखरा:  गएराति परेको अविरल वर्षासँगै आएको पहिरोले कास्कीको अन्नपूर्ण गाउँपालिका–८ को एक विद्यालयमा क्षति पुगेको छ ।  


अन्नपूर्ण गाउँपालिका–८ मोदी आधारभुत विद्यालयको भवनमा गएरातिकोे अविरल वर्षासँगै आएको पहिरोले क्षति पुगेको वडाध्यक्ष विजय गुरुङले जानकारी दिए । 


‘गएराति परेको अविरल वर्षाले अन्नपूर्ण गाउँपालिका–८ स्थित मोदी आधारभुत विद्यालयमा पहिरोले क्षति पु¥याएको छ, वडाध्यक्ष गुरुङले भने, ‘ पहिरोले विद्यालयको ६कोठे भवनमा क्षति पुगेको छ, कक्षाकोठासँगै कार्यालयमा रहेका केही सामानहरु पुरिएका छन्, अहिले गाउँपालिका र प्रशासनबाट अनुगमन भइरहेको छ ।’


वडाध्यक्ष गुरुङका अनुसार त्यस विद्यालयमा १७ जना विद्यार्थीहरु अध्ययनरत छन् । पहिरोले विद्यालयमा क्षति पुगेपछि विद्यालय नजिक रहेको खाली घरमा विद्यार्थीहरुलाई अध्यापन गराउने गाउँपालिकाले तयारी गरेको छ । 


विद्यालय भन्दा करिव २ सय मिटर माथिबाट खसेको पहिरोले विद्यालयमा क्षति पुगेको वडा कार्यालयले जनाएको छ । 

 
 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्